लेखक :- तेजबहादुर डुम्रेल
बुधबार गडसेरामा जात मेला सम्पन्न भएको छ,जाेरायल गाउँ पालिका ५ धामी गाउँमा सम्पन्न भएको जातमा १२ गाउँबाट अाएका धामीझाँक्रीले बाझागाझाका साथै कला प्रदर्शन गरि भाकल दिनु भएको स्थानीय समाजसेवी रमेश खडायतले बताएका छन् । सबै देउवाको सामुहिक नृत्य हेर्न तराईमा बस्ने भत्तजनहरु अाउने गर्ने गरेका अर्का स्थानीय डिल्लीराज जाेशिले बताए ।मुल देउता तेडि,निमाउने वीर, बेताल ,मसानिले नृत्य गर्ने परम्परा रहेको छ । तेडि अाए अन्य सबै देउता अाउने गर्छन् । अन्तिम पर्व मनाएपछि कामका लागि स्थानीय देश/विदेश जागिर गर्न जाने गरेको बताए ।
डाेटि जिल्ला अन्तरगत १२ गाउँका ठकुरी,खडायत ,कठायतकाे खास देउता भनेको तेडि रहेको रमेश खडायतले बताएका छन् ती गाउँहरु जस्तैः मुणेगाउ ,राजपुर,पुनेबाटा,सालगाउ,डुम्राकाेट ,चैकाेट,चाैकि,मत्सय,भाणि, जाेरायल अादि हुन ।अचम्मको कुरा ६५ बर्षपछि सिमसिमे असिनापानि खसेको हुदा स्थानीय हर्षित भएका छन् । पानी पर्नु शुभ रहेको र अन्य देउताहरु अाउन सक्ने स्थानीयले बताइएकाे छ ।
सबै धामीझाँक्री यसरी नृत्य प्रदर्शनको प्रभावले पनि पानी परेको जानकारहरु बताउँछन् । अलिक माथि डेढ घण्टा गैरालेक मन्दिर छ ,गैरालेक मन्दिरलाई सिढि र खानेपानी धारा निर्माणकार्य सम्पन्न भएको स्थानीय बताउँछन् सबैभन्दा जेठो देउता गैरालेक मन्दिरमा जान सडकको अावश्यकता रहेको छ,साे कार्यका लागि प्रदेस सरकारसंग अनुरोध गरिने र यस गडसेरालाई धार्मिक पर्यटिय क्षेत्र बनाउन पहल गरिने स्थानीयले बताएका छन् । गडसेरा घर/घरमा नेताहरू भए तर विकास साेचे जस्तो भएन ।
स्थानीय सरकार र प्रदेश सरकार अाएसंगै जनतामा विकास हुने उत्साह छाएको छ,वर्तमान उधाेग तथा अापुर्ति मन्त्री लेख राज भट्ट यसै जाेरायल गाउँ पालिका वडा नम्बर ५ गडसेराकै हुन । त्यसकारण पनि स्थानीयले खुटिया, विपिनगर,गडसेरा ,सलेना,दिपायल ,सायल ,बझाङ ,ताक्लाकाेट सडक बन्नेछ भनेर झन् विश्वास लिएका छन् किनकि कुनै बेला लेख राज मार्ग समेत भनेर चर्चा भएको थियो ।त्यो मात्रै होइन जाेरायलकाे छिमेकी गाउँ पालिका के अाई सि हो ।माननीय मुख्य मन्त्री त्रिलाेचन भट्ट भएपछि विकास तथा स्थानीयलाई अझ उत्साह छाएको छ,यसै क्षेत्रबाट निर्वाचित माननिय सासद प्रेम अाले मगरले ३२ हजार मत पाए थिए ।मतको कदर गर्नेछन् भनेरै स्थानीय विकास योजनाका अाशामा बसेका देखिन्छन् । माननीय पुर्णा जाेशिले पनि पटकपटक विकास योजनाका लागि चासो देखाएको स्थानीय बताउँछन् ।