अछाम । सुदूरपश्चिम प्रदेशका सात मध्य पाँच वडामा नेकपा को पोल्टोमा परेका छन् भने दुई वडामा नेपाली काग्रेस बिजय भएको छ ।
मेल्लेख गाउँपालिका वडा नं ५ को बिन्देबासीनीको उपनिर्बाचमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार रमेश खड्का भारी मतले बिजयी भएका छ्न ।
काँग्रेस उम्मेदवार वीर बहादुर बोहरालाई २ सय १५ फराकिलो अन्तरमा पराजित गर्दै खड्का बिजय हुनुभएको छ । रमेश खड्काले ७ सय ७८ मत प्राप्त गर्नुभएकोमा उहाँका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार वीर बहादुर बोहराले ५ सय ६३ मत पाउनुभएको छ । गएको चुनाव उक्त वडामा काँग्रेशले बिजयी भएको थियो । गएको चुनावमा काँग्रेशले ५ सय ८१ मत प्राप्त गरेको थियो । यो चुनावमा काँग्रेसले १८ मत कम पाएको छ । १ हजार ९ सय मतदाता रहेको बिन्देबासीनिमा १ हजार ३ सय ५७ मत खसेको थियो । १६ मत बदर भएको निर्बाचन कार्यलयले जानकारी दिएको छ । गएको स्थानीय चुनावमा अध्यक्षमा निर्वाचित रामवहादुर वोहराको निधन भएपछि उपनिर्वाचन भएको हो । बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा नेकपाका वडा अध्यक्ष मनराज बुढा बिजयी भएका छन् ।
नेपाली कांग्रेस वाट उम्मेद्धवार बनेका खगेन्द्र चदारालाई २० मतले पराजित गर्दै नेकपाका वडा अध्यक्ष मनराज बुढा बिजयी भएको मुख्य निर्वाचन कार्यलय बाजुराले जनाएको छ । मनराज बुढाले ३ सय ६७ मत पाएका छन् । त्यस्तै नेपाली काँग्रेसका खगेन्द्र चदाराले ३ सय ४७ मत प्राप्त गरेका छन् । तत्कालिन वडा अध्यक्ष खम्म नेपालीको २०७५ अषाढ १३ गते जीप दुर्घटना परी मृत्यु भएको थियो । २०७४ को स्थानीय तहको निर्वाचनमा ३ सय ६५ मत प्राप्त गरी विजयी भएका थिए ।
यस्तै, डोटीको आर्दश गाउँपालिका २ मा नेकपाका राम बहादुर बोहरा विजयी भएका छन् उनी ६ सय ६८ ल्याएर विजयी भएका हुन । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका महादेव साउँदले ६ सय ५६ मत प्राप्त गरेका छन् । तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको २०७५ जेठ १५ गते सवारी दुर्घटनामा परी मुत्यु भएपछि उक्त पद रिक्त रहेको थियो । कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण बहादुर तामाङ बिजयी भएका छन् । उनी ५ सय २८ मत ल्याउँदै बिजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलबहादुर तामाङले ३ सय १० मत पाएका छन् । प्रजातन्त्र पाटी नेपालका पदमबहादुर शाहीले ७ र समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ७५ मत पाएका छन् । ४ मत भने बदर भएको छ । मतदानमा ९ सय २४ मत खसेको थियो । स्थानीय तहको निर्वाचनमा वडा नम्बर ३ बाट अध्यक्षमा निर्वाचित फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख भएपछि त्यहाँ उप निर्वाचन भएको हो ।
बैतडीमा शनिबार राति नै मत गणना सम्पन्न भएको छ। उपनिर्वाचन सम्पन्न बैतडीका ३ वडामा २ मा नेपाली कांग्रेस, १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा )विजयी भएको छ । जसमा जिल्लाको दोगडाकेदार गाउँपालिका ४ मा कांग्रेसबाट उम्मेदवार सुरेन्द्रप्रसाद भट्ट, पुर्चौडी नगरपालिका ४ मा नेकपाबाट उम्मेदवार शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका १ मा कांग्रेसबाट उम्मेदवार गजेन्द्र बहादुर चन्द विजयी भएका छन् ।
दोगडाकेदार ४ मा विजयी भट्टले निकटतम प्रतिद्वन्दी नेकपाका नरेन्द्रप्रसाद भट्टभन्दा १०० बढी भोट प्राप्त गरेर विजयी भएका हुन् । कुल खसेको १ हजार ९८ मतमध्ये विजयी भट्टले ५ सय ८४ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्दी भट्टले ४सय ८४ मत प्रप्त गरेका छन । यस्तै पुर्चाडी नगरपालिका ४ मा नेकपाका धानुक १ सय ५ मत बढी लिएर विजयी भएका छन् । कुल खसेको १ हजार तीन सय ३० मतमध्ये विजयी धानुकले ६ सय ६३ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्दी कांग्रेसका गोबिन्द बहादुर धामीले ५ सय ५८ मत प्राप्त गरेका थिए । सुर्नया गाँउपालिका १ मा कांग्रेसका उमेदवार गजेन्द्र बहादुर चन्द बिजयी भएका छन् । तदानमा खसेको जम्मा ४ सय ३८ मत मध्ये २ सय १९ मत प्राप्त गर्दै उनी विजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेकपाका धन बहादुर चन्दले २ सय १५ मत प्राप्त गरेका छन् भने ४ मत बदर भएको छ । दोगडाकेदार ४ र पुर्चौडी ४ मा यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका थिए भने सुर्नया १ मा कांग्रेसमा उम्मेदवार विजयी भएका थिए ।