कालीकोट । कालीकोट पचालझरना गाउँपालिकाले आयोजना गरेको बिशेष गाउँसभामा भाग लिन गत २९ गते पचालझरना अबलोकनका लागि निस्कएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही एकाबिहानै मोटर साइकल आफै चलाएर खार्दु तिर हान्नीए ।
भिरको बाटो आफै मोटरसाइकल चलाएर गएका मुख्यमन्त्री शाहीले बिचबिचबाट आफनो जन्मभुमीको बिकासको बारे नियालेका थिए । मुख्यमन्त्री शाहीले अरुलाई शिक्षा दिन मोटर साइकलको यात्रा गरेका हुन । अनाबश्यककाे तडकभडकबाट जनप्रतिनधि टाढा रहनु पर्ने मुख्यमन्त्री शाहिकाे भनाइ थियाे ।
पचाल झरनाकाे बिशष कार्यक्रममा भाग लिन मुख्यमन्त्री शाही लाफाबाट खार्दुको गाउँसम्मा मोटरसाइकलमा गएका थिए । मुख्यमन्त्री शाहीले अबका मन्त्री तथा जनप्रतिनिधीहरुले पनि अनाबश्यक सुबिधा लिनु भन्दा जनमुखि काम गर्न र सामाजिक हिसाबले नमुना बन्नु पर्ने बताएका थिए ।